स्नेहा बनिन् मिस काभ्रे २०१७

Miiss cavere

काठमाडौं । नबौँ संस्करणको ‘मिस काभ्रे २०१७’ काभ्रेमा सम्पन्न भएको छ । यसपटको मिस काभ्रेको उपाधि स्नेहा प्रधानले चुमेकी छिन् । विजेता बनेपछि स्नेहाले क्राउनसँगै क्यास प्राइज, छात्रबृत्ति र विज्ञापन खेल्ने अवसर पाएकी छिन् ।

स्नेहाले उपाधिसँगै बेस्ट ड्रेस र मोस्ट कन्फिडेन्टको अवार्ड पनि हात पार्न सफल भइन् । प्रतियोगितमा मोनिका केसीले फस्र्ट रनरअप र पुनम नापितले सेकेण्ड रनरपको ताज हात पार्न सफल भए । मोनिकाले ब्युटिफुल स्माइलको अवार्ड पनि जितिन् भने सेकेण्ड रनरप पुनमले डिसिप्लीनको अवार्ड आफ्नो पोल्टामा पारिन् ।

‘बौद्धिकतासहितको सौन्दर्य’ भन्ने नाराका साथ रेडियन्ट इभेन्ट म्यानेजमेन्टले प्रत्येक वर्ष काभ्रेमा मिस काभ्रेको आयोजना गर्दै आएको छ । काठमाडौं केन्द्रितसुन्दरी प्रतियोगिता भएकाले जिल्लामा भएका राम्रा प्रतिभासमेत लुकिरहेको कुरालाई मध्येनजर गर्दै काभ्रेमा यस्तो प्रतियोगिताको सुरुवात गरेको रेडियन्ट इभेन्टका फाउण्डर राज फैजुले बताए ।

प्रतिस्पर्धामा अनुषा श्रेष्ठले भिवर च्वाइस र वेस्ट ट्यालेन्ट, दिया तामाङले ब्युटिफुल कम्प्लेक्सन, उस्मिता कायस्थले फोटोजेनिक, अविना श्रेष्ठले फेन्डसिप, सविता श्रेष्ठले इनरजेटिक, संगिता गुरुङले पर्सनालिटि र सिम्रिका देउजाले वेस्ट वाकको अवार्ड हात परे ।

कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विजेतालार्य अवार्ड तथ गिफ्ट फ्याम्परहरु प्रदान गरेकी थिइन् । विजेताहरुलाई विभिन्न ब्राण्डको विज्ञापन तथा मोडलिङको समेत अवसर प्रदान गरिएको छ । रेडियन्टका फाउण्डर राज फैजुले नै प्रतिस्पर्धाको कोरियोग्राफी गरेका थिए भने ड्रेज डिजाइनरमा श्रीष बैदार थिइन् ।

प्रतिकृया दिनुहोस