महाकाली नगरपालिकाले करिव ४४ करोड बजेट विनियोजन

Zzzgh

काठमाडौं । चालु आवका लागि महाकाली नगरपालिकाले करिव ४४ करोड बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ ।

नगर प्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुना बोहराले विभिन्न ५२ वटा शीर्षकका लागि ४३ करोड ७१ लाख १९ हजार नौ सय ४ विनियोजन गरिएकामा सरकारबाट २९ करोड ३५ लाख २७ हजार प्राप्त भएको जानकारी दिए ।

प्रत्येक बस्ती सडक सञ्जालमा जोडिने भएका छन् । प्रत्येक वडा र बस्तीसम्म सडक विस्तार गर्ने गरी नगरपालिकाले चालु आवको नीति र कार्यक्रम सार्वजनिक गरेको हो ।नगरयातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने भएको छ । गुरुयोजना निर्माणका लागि चालु आवमा पाँच लाख विनियोजन गरिएको छ ।

प्रत्येक वडामा कम्तीमा तीनवटा काठे पुल विस्थापन गरी झोलुंगे तथा पक्की पुल बनाइने भएको छ । नगरक्षेत्रमा बन्ने व्यक्तिगत तथा सार्वजनिक भवनलगायतका संरचनाको अनिवार्य नक्सापास गर्नुपर्ने छ ।

निर्माण भएका संरचनाको हकमा भने चालु आवभित्रमा नक्सापास गर्न आए १० प्रतिशत छुट दिने, शिक्षा क्षेत्रको विकासका लागि माध्यमिक तहसम्मका विद्यालय सञ्चालनमा थप प्रभावकारिता ल्याउन जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरिने र निजी स्रोतबाट सञ्चालित विद्यालयमा शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने नीति अवलम्बन गरिएको छ ।

चालु आवदेखि कृषक पेन्सन कोष स्थापनाका लागि दुई लाखसमेत विनियोजन गरिएको छ भने एफएम, रेडियोको व्यवस्थापन र सञ्चालनका लागि एफएम रेडियो सञ्चालन कार्यविधि २०७४ पारित गरिने भएको छ ।

प्रतिकृया दिनुहोस