हङकङलाई हराउँदै नेपाल च्याम्पियन  

U19 cricket team

 

काठमाडौँ । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले ५ विकेटले हराएको हो ।

सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४.४ ओभरमा पूरा ग¥यो । प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार २ छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।

नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए । नेपालले खेलको १४ औँ ओभरमा २ विकेट गुमाएको थियो ।

बलिङतर्फ हङकङकका करनदीप सिंहले ३ विकट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।

हङकङका हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले ३ ३ विकेट लिए भने अनिलकुमार र दीपेन्द्रसिंहले एक एक विकेट लिए । हङकङका दुई ब्याटसम्यान रनआउट भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...