सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र संविधानको पूर्ण कार्यान्वयन हुन्छ : मन्त्री साह

Mantri rrr

रौतहट । सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने स्पष्ट पारेका छन् ।

गृह जिल्ला रौतहटमा मदतान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले सबैले संविधानको व्यवहारिक रुपमै कार्यान्वयनमा ल्यान ध्यान दिनुपर्ने समय आएको जिकिर गरे ।

उनले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको भन्दै निर्वाचन हुनन् कि भन्नेमा कसैले पनि संका नगर्न आग्रह गरे ।

मन्त्री साहले सबै तहका निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीति स्थिरि भई विकासले गति लिई समृद्धि तर्फ अघि बढने बताए ।

नेकपा माओवादी केन्द्र २ नम्बर प्रदेशका संयोजक समेत रहनुभएका मन्त्री साहले रौतहट जिल्लाको मौलापुर नगरपालका वडा नम्बर ५ को निम्न माध्यमिक विद्यालय मौलापुर बजार मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

मन्त्री साहले स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकाका वडा नम्बर ५ बाट मतदान गर्नुहुनेभएको हो । मौलापुर नगरपालिकामा ९ वडा रहेका छन ।

मौलापुर आफनै निवासमा रहेका मन्त्री साहले स्थानीय तहको निर्वाचनमा आम मतदातालाई सहभागी भएर मताधिकारको प्रगोग गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस