मोहन वैद्य भन्छन्, प्रचण्ड रंगमञ्चका नाट्यकर्मी हुन्

Mohan baidh

बुटवल । माओवादीबाटै अलग भएर नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रंगमञ्चका नाट्यकर्मीको संज्ञा दिएका छन् ।

‘प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन्’ क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शनिवार बुटवलमा गरेका पत्रकार सम्मलेनमा वैद्यले भने, ‘प्रचण्ड पनि काहीँका कम्युनिष्ट हुन् र ? उनी त रंगमञ्चमा अभिनय गर्ने नाट्यकर्मी हुन् ।’

वैद्यले नेपालका कम्युनिष्टले वामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बदनाम गरिरहेकासँग एकता कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा गरे । ‘माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता हुन सक्दैन’ उनले भने, नौटंकी गर्नेसँग एकता गर्नुको कुनै औचित्य हुँदैन ।’

‘प्रचण्डको कांग्रेससँग कुरा मिल्छ, उहाँले काँग्रेससँग एकता गरे हुन्छ’ उनले भने, ‘सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको छ ।’

अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने बताए । उनले संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता केही कुराको उनले सुनिश्चितता गरे पनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिमलगायत समग्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...