राष्ट्रियता सुदृढीकरणका लागि एमालेको नेतृत्वको खाँचो छ : नेता खनाल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राष्ट्रियता सुदृढीकरणका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले दशैँ, दीपावली, नेपाल संवत, छठ पर्वको उपलक्ष्यमा आज आयोजित शुभकामना कार्यक्रममा उनले भने 'एमालेले अवलम्बन गरेको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिका आधारमा भारतसँग भएका असमान सन्धि खारेज गरी नयाँ सम्झौताका लागि पुनरावलोकन गर्न जोड दिइएको छ ।'
नेता खनालले दशैँ कुनै एक जाति विशेषको मात्र नभएर सम्पूर्ण नेपालीले मनाउने राष्ट्र पर्व भएको बताउँदै देशमा मनाइने विभिन्न संस्कृतिले मुलुकलाई एकताबद्ध गर्न ठूलो सहयोग पुगेको धारणा व्यक्त गरे ।
पार्टीका सचिव योगेश भट्टराईले मुलुकमा कायम रहेको भौगोलिक विविधताले विभिन्न संस्कृति र परम्पराको विकास भएको उल्लेख गर्दै आर्थिक र सामाजिक हिसाबले मुलुकलाई सशक्तरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
देशमा राजनीतिक क्रान्ति पूरा भएको छ, उनले भने, 'क्रान्तिपछि मुलुकको पुनःनिर्माण तथा समृद्धि र विकास नयाँ पुस्ताले गर्छ, अब एक शताब्दीसम्मका लागि संघीय समाजवादी व्यवस्थाको अभ्यासलाई सफल बनाउनुपर्छ ।'
मञ्चका अध्यक्ष सन्तोष मादेनले मुलुकमा भएका स्रोतसाधनलाई उचित व्यवस्थापन गरी देश र जनतालाई समुन्नत बनाउन एमालेको नेतृत्वको खाँचो औँल्याए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस