बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबाट

बिर्ता युनाईटेड क्लब झापा फाइनल प्रवेश

Dkt 30 vimnarayan cup

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट पाहुना टोली बाहिरिएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बिर्ता युनाईटेड क्लव झापाले विआसी भुटानलाई ४–० को अन्तरले पराजित गरेसँगै पाहुना टोली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबाट बाहिरिएको हो । बिर्ता युनाइटेड भने फाइनल प्रवेश गरेको छ ।

बिर्ता युनाइटेडको जितका लागि खमिर गिलसन कन्दवाले पहिलो हाफको ३० मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए । त्यसपछि पहिलो हाफकै ३४ मिनेटमा योगेश गुरुङले दोस्रो गोल गरेका थिए ।

दोस्रो हाफमा भुटान लयमा फर्किएको भए पनि गाले गर्न चुक्यो । त्यसको फाइदा उठाउँदै दोस्रो हाफको ११ मिनेटमा कर्ण लिम्बु र ३३ मिनेटमा बुद्ध चेम्जोङले गोल थपेपछि बिर्ता युनाइटेडको जित सहज भएको थियो । खेल अवधिको म्यान अफ दी म्याच बिजेता टोलीका योगेश गुरुङ भए ।

फाईनल खेल झापा र ब्वाईज युनियनबीच असोज १ मा हुँदैछ । आयोजकले ३१ गते फाइनल खेल गर्ने कार्यतालिका सार्वजनिक गरेको भए पनि प्राविधिक कठिनाईका कारण असोज १ मा मात्रै फाइनल हुने आयोजकहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...