अाेली भन्छन्, 'हामीसँग भोटका लागि मासु र भात खुवाउने पैसा छैन'

Kp oli bara.

 बारा । एमाले अध्यक्ष केपी ओलीले ‘एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे ? सत्ता पक्षलार्इ ओलीले प्रश्न गरेका छन् । उनले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

बाराको जितपुर-सिमरा उपमहानगरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्दा कनिका छरेको र ओथारो बसेका बुढाबुढीलाई पैसा दिएर राज्यको धुकुटी सिध्याएको आरोप लाउनेहरु आज हामीले नै गरेको हो भन्दै लाजै नमानी भोटको राजनीति गर्दैछन् ।’

ओलीले थपे, ‘हामीसँग मासु र भात खुवाउने पैसा छैन, अनावश्यक आरोप लगाएर जनता उचाल्ने समय पनि छैन । हामी अब समृद्धीको बाटोमा छौँ, अब मधेशमा हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन् ।’

‘एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे ? मधेसी जनतालाई मार्ने र मराउने खेल बाहेक केही गरे ?’ ओलीले प्रश्न गरे ।

जनकपुरको चक्रपथ, वीरगन्ज-पथलैया ६ लेन सडक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रलगायत एमालेको समृद्धी अभियानलाई कार्यान्वयनका लागि स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने उनको जिकिर थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सगरमाथा आरोहि शेर्पा सम्मानित

Tenging samman

काठमाडौं । सगरमाथा आरोहित डिजे तेन्जिङ शेर्पालाई विभिन्न सङ्घरसंस्थाले सम्मान गरेका छन् । सफल सग...