अझैं ओझेलमै छन् सांगीतिक प्रतिभाका धनी

Db

काठमाडौं । नेपालमा प्रतिभाका धनी धेरै छन् । तर, उनीहरुको खोजी कसैले गरेका छैनन् । भएकालाई पनि संरक्षण गर्न सकैले प्रयत्न गरेका छैनन् । यसैभित्र पर्छन् डिबी निरंकारी पनि ।

निरंकारी सांगीतिक क्षेत्रमा लागेको धेरै भएको छैन । तर, छोटो समयमै उनले धेरै प्रगति गरेका छन् । तर, उनलाई नेपाली सांगीतिक क्षेत्रले खासै चिन्दैनन् । कैलाली जिल्लाको मालाखेतीमा जन्मिएका निरंकारी काठमाडौं आएर सांगीतिक दुनियामा संघर्ष गरिरका छन् ।

उनी लहैलहैमै सांगीतिक यात्रामा लागेका थिए । तर, उनले १ वर्षको अवधीमा नै ९ वटा गीत बजारमा ल्याइसकेका छन् । उनका ९ वटै गीतका म्युजिक भिडियो बनेको छ । ४ वटा गीत चाँडै ल्याउने तयारीमा पनि छन् ।

उनले आफ्नै शब्द, संगीतमा पहिलो सांगीतिक कोशेलीका रुपमा तीजको गीत ‘पाउजु बजाउँदै’ ल्याएका थिए । जसले सफलता पायो । त्यसपछि उनले क्रमसः गीतहरु गाउन थाले, संगीत गर्न थाले । उनले ‘के जमाना आयो’ लोकदोहोरी ल्याए । जसलाई कल्पना विसीले स्वरमा साथ दिइन् । जसको लय र शब्द युनिक भोजराज विकको थियो ।

त्यसपछि उनको खर्काे गीत भनेको ‘मेरी काली’ हो । यसमा पनि गाउनमा कल्पना विसीले साथ दिएकी छन् । रामु खड्काको शब्द रहेको यो गीतमा स्वर र संगीत संगीत निरंकारीकै छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । अशोक विकको निर्देशन रहेको सो भिडियोमा करिष्मा ढकाल र नविन परियारले अभिनय गरेका छन् । यो गीत भने लोक पप हो ।

उनका ‘मम्बै राम्रो छ’, तीज गीतहरु मुसुमुसु हाँसी, ‘डिजे बजाई दे’ ‘बबालै नचाउँछु’ जस्ता गीत चर्चामा छन् । सबैभन्दा बढी चाँही ‘डिजे बजाई दे’ गीत छ । यो उनको आफ्नै शब्द, संगीत र स्वरमा तयार भएको लोक पप र रिमिक्स गीत हो । यसमा चन्दा दाहाल, विक्रम चौहान, जित विसी, विक्रम मायल्तीको अभिनय छ । निर्देशन भने विक्रम चौहानको छ ।

यो वर्षको तीजमा गोपाल विसीको शब्दमा निरंकारीको स्वर र संगीतमा बनेको गीत ‘बबालै नचाउँछु’ ले बजार पिटेको थियो । यसलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने बिक्रम चौहान जित विसी, बिक्रम मायल्तीको अभिनय छ ।

दोहोरीबाट गायन थालनी
उनी कैलालीबाट कामको खोजीमा काठमाडौं आएका थिए । सामान्य परिवारका भएकाले जीवन जिउनु उनका लागि पहिलो प्राथमिकता थियो । त्यही भएर उनी जागिर खान भनी दोहोरी साँझ पुगे । उनले छोटो समयमा राम्रा राम्रा दोहोरी साँझमा काम गर्ने मौका पाए ।

‘काठमाडौं आउँदा गायनमा लाग्छु भन्ने थिएन । जागिर खोज्दै आएँ, कतै भने जस्तो जागिर नपाएपछि दोहोरीमा पुगे’ उनले भने, ‘तर, दोाहोरी साँझले नै मलाई गायन यात्रामा लाग्ने बनायो ।’ उनले सबै कुरा दोहोरी साँझबाटै सिके । ‘पहिले दोहोरीमा नपुग्दा केही थाहा थिएन, बजाउने, गाउने स्केल, सबै त्यही सिके’ उनले भने ।

दोहोरीमा गाउँदा गाउँदै उनको यात्रा संगीततर्फ मोडियो । गायनतर्फ मोडियो । र १ वर्षको अवधीमा ९ वटा गीत बजारमा ल्याउन सफल पनि भए । उनका लागि पहिले जिउने आधार नै दोहोरी साँझ थियो । अहिले विदेशबाट साथीभाईहरुले गीतमा लगानी गरिदिने गरेका छन् ।

उनले अहिले दोहोरी साँझ छाडेको ४ महिना भयो । तर, अझै पनि दोहोरीमा गएर गाउने रहर हराएको छैन । ‘अझै दोहोरीमा गएर गाउने मन छ’ उनले भने । उनले २ वर्षको अवधीमा मायालु, श्रीनगर, गण्डगी लगायतका दोहोरी साँझमा गीत गाए ।

प्रतिकृया दिनुहोस