मौन अवधि सुरु हुनुअघि यसरी भोट माग्दै छन् प्रमुख दलका शीर्ष नेताहरु

3 dal jhanda

काठमाडौँ । स्थानीय तह निर्वाचनको तेस्रो चरणमा अन्तिमपटक मत माग्न शुक्रबार प्रमुख दलका शीर्ष नेता विभिन्न जिल्लामा हुने सभामा सहभागी हुँदै छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार वीरगन्ज महानगर र बाराको कलैयामा सम्बोधन गर्दै छन् । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल सिरहालगायत जिल्लाका सभामा सम्बोधन गरिरहेका छन् ।

प्रदेश २ को चुनावी सभाका लागि एमाले अध्यक्ष केपी ओली पनि शुक्रबार तराई पुग्दै छन् । माधवकुमार नेपाल, ईश्वर पोखरेललगायत नेता यसअघिदेखि नै खटिए पनि ओली तराई गएका थिएनन् ।

ओलीले शुक्रबार बाराको जितपुर सिमरा उपमहानगरपालिका र बर्दिबास नगरपालिकाका कार्यक्रममा सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनालले बाराका नगरहरूमा सम्बोधन गर्नेछन् भने नेता माधव नेपाल सिरहाको गोलबजारको सभामा सहभागी हुनेछन् । 

झन्डै एक सातादेखि मत माग्दै हिंडिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम चुनावी सभाका रूपमा शुक्रबार सर्लाहीमा हुने तीन सभालाई सम्बोधन गर्नेछन् ।

उनी शुक्रबारै रौतहट र पर्साका एक/एक सभामा पनि भाग लिँदै छन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलमा रहेका मुख्य नेताहरू दैनिक प्रचारमा व्यस्त छन् । उनीहरू पनि शुक्रबार ठूला सभा गर्दै छन् । महन्थ ठाकुर सर्लाहीका सभामा हुनेछन् । राजेन्द्र महतो सप्तरीका कार्यक्रममा सहभागी हुनेछन् । वीरगन्ज महानगरमा हुने सभा र कार्यक्रममा शरतसिंह भण्डारी खटिएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सिरहाका कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार साँझसम्म वीरगन्ज भेलामा सहभागी यादव शुक्रबार सिरहाका आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...