मधेशीमाथि भएको दमनको बदला निर्वाचनबाट लिइने छ : नेता महतो

 rb lahan

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेशी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताएका छन् । 

स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको खड्ग नगरपालिकास्थित कल्याणपुरमा बिहिबार आयोजित सभामा उनले भने ‘मधेशीमाथि भएको दमनको बदला निर्वाचनमा मधेसी जनताले ब्यालेटलाई सदुपयोग गरेर देखाइने छ ।’ 

नेता महतोले निर्वाचनमा राजपाका उम्मेदवारलाई जिताउनका लागि गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिदै ' विगतमा ठूला तीन दल मधेशी जनतासँग मत लिएर उल्टै मधेशी जनतामाथि सामन्ती व्यवहार देखाएकाले अबको निर्वाचनमा ती पार्टीलाई मधेशी जनताले सबक सिकाउनै पर्नेमा जोड दिनुभयो ।'

निर्वाचनलाई आफ्नो पार्टीले आन्दोलनकै रुपमा लिएको बताउँदै उनले मधेशको अधिकार, सम्मान र स्वाभीमानका लागि राजपाले जित्नैपर्ने जिकिर गरे । 

सभामा राजपाकाबाट खडक नगरपालिकाका प्रमुखका उम्मेदवार नन्नुकुमार चौधरी र उपप्रमुखका उम्मेदवार पिंकीकुमारी साहले खडग नगरपालिका व्यापक सम्भावना बोकेको शहर भएकाले नगरक्षेत्रलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...