ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

Dkt sports

धनकुटा । ब्वाईज युनियन धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको सेमिफाईनल खेलमा बेलबारी फुटवल क्लव मोरङलाई १–० को अन्तरले हराउँदै ब्वाईज युनियन फाईनलमा प्रवेश गरेको हो ।

ब्वाईज युनियनका नाईजेरीयन खेलाडी बुवाकोनले खेल शुरु भएको ४ मिनेटमै गोल गरेका थिए । सोही गोल ब्वाईज युनियनलाई विजयी बनाएको थियो । बाँकी समय दुबै टिम वाट कुनै गोल हुन नसकेपछि ब्वाईज युनियन १–० बिजयी भएको हो । खेलको म्यान अफ दी म्याच समेत बुवाकोन नै भए ।

शुक्रबार हुने दोस्रो सेमिफाईलन खेल गत वर्षको बिजेता बिआसी भुटान र झापाको बिर्तामोड युनाइटेड फुटवल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष सम्भु प्रधानले बताए ।

प्रतिकृया दिनुहोस