प्रदेश नं २ को निर्वाचन कम्तीमा एक सय तह जित्छौँ : काँग्रेस

Congress (1)

काठमाडौँ । आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ । 

आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन बिहिबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ । असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ । 

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले काँग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताए । 

प्रदेश नं २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्किएका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आममतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै काँग्रेस पहिलो हुने विश्वास व्यक्त गरे । 

काँग्रेसले स्थानीयस्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ । 

मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग र समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा काँग्रेसले लिएको कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने उनको भनाइ थियो । 

'मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन र मुुलुकलाई समृद्धिको दिशामा लान ल्याइएको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका कारण असफल हुनपुग्यो,'नेता लेखकले भने “यसले काँग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।' 

नेता लेखकले काँग्रेसले अहिलेसम्म भएका उपलब्धिका रुपमा आएको संविधानलाई कार्यान्वयन गर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिक दललाई संलग्न गराउने वातावरण तयार पारेको पनि उल्लेख गरे। 'असन्तुष्ट राजनीतिक दलहरुलाई समेट्न प्रदेश नं २ को चुनाव केही समय पर सार्दा हामीलाई चुनाव नगराउने आरोप लगाइयो,'नेता लेखकले भने 'तर अलिकति लचिलो नीति लिँदा स्थानीय चुनावमा सबै सहभागी हुने वातावरण तयार भयो ।'

उनले संविधान कार्यान्वयनतर्फ गएकामा सन्तुष्टि प्रकट गर्दै भने, 'काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले नै प्रादेशिक र संघीय निर्वाचनको घोषणा गरी त्यसअनुरुप निर्वाचन गर्ने वातावरण तयार पारेकाले काँग्रेस नेतृत्वले नै राजनीतिक स्थायित्व कायम गरी विकास अभियानमा नेतृत्व दिनसक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।'

नेता लेखकले क्षेत्रीय र साना पार्टीहरुले मधेशका बासिन्दाका मुद्दालाई बोकेर निष्कर्षमा पु¥याउन नसक्ने धारणा व्यक्त गर्दै भने 'संविधान संशोधनलगायत तराई मधेशका भारी मुद्दा बोक्न पनि बलियो काँध चाहिन्छ । काँग्रेसबाहेक अरुबाट त्यो सम्भव छैन ।' 

नेता लेखकले तराई मधेश रहेको बाढी र डुबानको समस्या समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको बताउँदै तराईको विकासका लागि पनि काँग्रेसको नेतृत्वमा थुप्रै काम भएको दाबी गरे । 

उनले ८०० किलोमिटर हुलाकी सडक निर्माण गर्ने, तराई–मधेशलाई काठमाडौँसँग जोड्ने दु्रत मार्ग नेपाली सेनालाई बनाउन दिने, निजगढ विमानस्थल निर्माण गर्नेलगायत रेल्वे सेवा विस्तार, सिँचाइ र शिक्षाका पूर्वाधार काँग्रेसको पालामा बनेका र बनाउने निर्णय भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...