राजनीतिक स्थायित्वका लागि आर्थिक विकास र समृद्धिमा जोड : संयोजक डा. भट्टराई

Baburam bhattarai

सप्तरी । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्ने पर्नेमा जोड दिएका छन् ।

उनले मधेशको मुद्दा समाधानका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नमूनाअनुसार प्रदेशको सीमांकन गरिनुपर्नेमा जोड दिए ।

आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि सप्तरी पुगेका भट्टराईले बिहिबारसञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा सो कुरा बताउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य भएकाले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्या समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको हो बताए ।

उनले भने ‘अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन ।’नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टी सत्तामा फर्किन सक्ने सम्भावनाको आँकलन गर्दै नयाँ शक्तिले आन्तरिकरुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्यरुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्नेमा संयोजक भटृराईले जोड दिए ।

आजै सो पार्टीले बिहान राजविराज नगरपालिकाको वडा नं ७ मा पैदलयात्रासहित घरदैलो कार्यक्रम गरेको थियो । कार्यक्रममा संयोजक भट्टराई, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोही, राजविराज नगरपालिका प्रमुख पदका उम्मेदवार मीना ठाकुर, उपप्रमुख पदका उम्मेदवार अनन्नलाल साह आनन्द, कृष्णकुमार गुप्ता, शैलेन्द्रकुमार झा, सूर्यनारायण मण्डललगायतका अभियन्ताको सहभागिता रहेको थियो ।

त्यस्तै बुधबार संयोजक भट्टराईसहित नयाँ शक्ति पार्टी संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोहीलगायतको टोलीले सप्तरीको खडक नगरपालिका, कृष्णसावरन गाउँपालिका एवं छिन्नमस्ता गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...