सत्तारुढ दलले बारम्बार आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोग मौन किन ? : अध्यक्ष थापा

Kamal thapa

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले मुलुकमा निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेपछि पनि सत्तारुढ दलहरुबाट बारम्बार आचारसंहिता उल्लंघन गरिरहेको अारोप लगाएका छन् ।

आयोगले आफैले जारी गरेकाे आचारसंहिता कर्यन्वयन गराउन ध्यानाकर्षण गराउनु पर्ने स्थिति सिर्जना भएकामा चिन्ता व्यक्त गरे । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताएका छन । 

मिडिया नेपाल कास्की शाखले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो दलले पनि दुवै तहको निर्वाचनलाई उच्च प्राथमिकता दिएको विचार व्यक्त गर्दै दशैँ र तिहारबीचको समयमा पार्टीले आयोजना गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मुलुकले भोग्नुपरेका समस्याबारे जनतालाई सचेत गराइ हिन्दूत्वको भावना जागृत गराउने धारणा व्यक्त गरे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...