मुलुकलाई समृद्धतिर अगाडि बढाउनुपर्छ : मन्त्री बस्नेत
धुलिखेल । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताएका छन् ।
बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गरे । पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उनले खुशी व्यक्त गरे ।
मन्त्री बस्नेतले भने, 'सबै दल निर्वाचनमा सहभागी भइसकेकाले अब राजनीतिक एजेण्डाको रुपमा हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सिध्याएर मुलुकलाई समृद्धतिर लैजानु पर्नेछ ।' उनले सरकारमा राजनीतिक संक्रमणको कुरा गरेर देशलाई अल्मलाएर राख्ने कुनै पनि पार्टी, नेता नभएको समेत दाबी गरे ।
‘त्यसको लागि अब यो पार्टी, त्यो पार्टी भनेर बस्ने बेला छैन’ उनले भने । 'मन्त्री बस्नेतले अब देशलाई अगाडि बढाउन चरणबद्ध निर्वाचनलाई सम्पन्न गर्दै मुलुक आर्थिक गतिमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।'
सोही कार्यक्रममा मन्त्री बस्नेतले काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाउने कुरा अगाडि बढिसकेको उल्लेख गर्नुहुँदै त्यसको लागि काभ्रेका जनप्रतिनिधि र राजनीतिक दललगायत सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले त्यसको लागि आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच मन्त्री बस्नेतले यातायात व्यवसायीले उठाउँदै आएको गाडीमा सामान राख्न छतको व्यवस्था गर्न गरिएको आग्रहलाई सरकारले स्वीकार गरेको बताउनुभएको छ ।
चाडपर्वको बेला भएकाले र यातायात व्यवसायीहरुले पनि यात्रुको सामान राख्न पाउने व्यवस्थाको लागि गाडीको छत राख्न पाउनुपर्ने कुरा उठाएका कारण सरकारले त्यसलाई सम्बोधन गरेको बताए ।
कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामाले बनेपाको पहिचानलाई संरक्षण गर्नको लागि युवा व्यवसायीले भूमिका खेल्नुपर्ने बताए । 'काभ्रेपलाञ्चोक जिल्ला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि सभ्यता बोकेको जिल्ला भएकाले यसको विकासको लागि अघि बढ्न जरुरी छ' उनले भने ।
बनेपा ब्वाइज क्लबले आयोजना गरेको कार्यक्रममा बनेपा बसपार्कबाट ¥याली तथा झाँकी प्रदर्शन गर्दै बनेपा बजार परिक्रमा गरेर कार्यक्रम स्थल उग्रेश्वर महादेव मन्दिर परिसरमा समापन गरिएको थियो ।
नेपालीको महान पर्व दशैँलाई लच्छित गरेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यावसायिक प्रवद्र्धनको लागि १४२ वटा स्टल राखिएको छ । महोत्सव भदौ २८ गतेदेखि असोज १० गतेसम्म चल्नेछ ।
सम्बन्धित समाचार
एमाले प्रतिनिधि परिषद्द्वारा १५ बुँदे प्रस्ताव पारित, गठबन्धन तोड्ने काम नगर्न आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक १...
एमाले प्रतिनिधि परिषदको बैठक : सत्ता बाहिर बस्दा कांग्रेस प्रतिसोधमा उत्रिएको टिप्पणी
काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषदको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा सत्ता घटक दल ने...
एकीकृत समाजवादी भन्छ, सुदूरपश्चिममा दीर्घ सोडारी मुख्यमन्त्रीको उम्मेदवार हो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्...
ओली भन्छन्, अहिलेको सत्ता समीकरण बनाउन ‘प्रचण्ड’को साहसिक निर्णय थियो
झापा । कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति निक्कै गरम कुरा गर्ने पूर्वप्रधानमन्त...
सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का
काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...
कांग्रेस निकट प्रदेश प्रमुख पदमुक्त, एमाले निकट सिफारीस
काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएको छ । मन्त्रिपरिषद्क...
काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार
गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...
प्रतिकृया दिनुहोस