हामी जे बोल्छौँ, त्यही गर्छौ : डा‍ भट्टराई

काँग्रेस, एमाले जस्तो बोल्ने एउटा, गर्ने अर्काे होइन

Baburam bhattrai 1

लहान । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

‘हामी जे बोल्छौँ, त्यही गार्छाैँ, उनले भने 'हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्काे होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।'

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उहाँको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...