क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताएका छन् ।
संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई मंगलबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उनले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताए ।
अध्यक्ष दाहालले भने, 'माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन ।'
मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दतिर संकेत गर्दै उनले भने, 'केही मान्छेहरु अझै पनि निद्रामा नै छन् । उनीहरु ब्युँझने बित्तिकै एकता प्रक्रिया आउँछन् । जो जहाँ ब्युँझियो, त्यहीँबाट अभियानमा केन्द्रित हुनु जरुरी छ ।'
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले छुट्टाछुट्टै नबस्न निर्देशन दिएको भन्दै उनले माओवादी धारामा नै रहेका र त्योभन्दा बाहिर रहेका जुनसुकै शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुनै पर्ने बाध्यतासमेत आइपरेको बताए ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन अभियान चलिरहँदा तराई मधेसमा माओवादीको पक्षमा उल्लेख्य जनउभार आएको भन्दै अध्यक्ष दाहालले भने, 'हिमाल, पहाड तथा तराईलाई एकताबद्ध बनाएर लैजाने शक्ति माओवादी मात्रै हो भन्ने जनस्तरमा स्थापित भएको छ । यसले संघीय र प्रदेश निर्वाचनसम्म पुग्दा माओवादी पुनः बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने अवस्था देखिएको छ ।'
माओवादीले अगाडि सारेको राष्ट्रिय कार्यसूची एवं राष्ट्रिय एजेण्डाका कारण जनउभार आएको भन्दै अध्यक्ष दाहालले साघँुरो सोच र मानसिकता त्यागेर एकीकृत राष्ट्रिय एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशामा लैजाने उहाँको कथन थियो ।
कार्यक्रममा संघीय समाजवादी फोरमका नेता नवीन रोकाले परिवर्तनकारी एजेण्डा संकटमा पर्ने अवस्था आएको भन्दै आफूहरु एकता प्रक्रियामा आएको र यसलाई तार्किक निष्कर्षमा पु¥याएरै छाडिने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्यूरोका नेता अविरल न्यौपानेले क्रान्तिको नाममा माओवादी आन्दोलन कमजोर पार्ने गतविधिमा नेत्रविक्रम चन्द समूह लागेकाले आफूहरु मूलघरमा फर्किएको बताए ।
नेपाल माओवादी पार्टीका अध्यक्ष थमानसिंह सिंहले माओवादी आन्दोलनले उठाएका राजनीतिक एजेण्डालाई पूर्णता दिन सबै क्रान्तिकारी शक्तिबीच एकता प्रक्रिया जरुरी रहेको बताउनुभयो । कार्यक्रममा ती पार्टीका सयौँ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
सम्बन्धित समाचार
राप्रपा नेपालका पुर्व अध्यक्ष तामाङ नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने, मन्त्री बन्ने दाउमा !
धनकुटा । राप्रपा नेपालका पुर्व अध्यक्ष लाक्पा तामाङ रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा...
घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ । एकीकृत समाजवा...
बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...
माओवादी र एकीकृत समाजवादीबीच खुल्यो एकताको ढोका, दस्तावेज साटासाट
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि औ...
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शन...
उपसभामुखमा २ जनाको उम्मेदवारी, शनिबार दिउँसो १ बजे निर्वाचन हुने
काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्द...
आत्मदाह प्रयासअगाडि आचार्यले लेखेका थिए फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप (आत्मलापसहित)
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सामाजिक ...
प्रतिकृया दिनुहोस