निर्वाचनको माहोलले तात्यो तराई

नेताहरु जति तराई केन्द्रित, जितेरै छाड्ने योजनामा केन्द्रित

Tarai chunab nidhi 1

काठमाडौँ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उसै त भदौरे घामले तातेको तराई यतिखेर निर्वाचनको माहोलले झनै तातेको अनुभव हुँदै गएको छ ।

सो प्रदेशमा आगामी असोज २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई केन्द्रित गरेर अहिले प्रमुख तीन दलमात्र होइन मधेशकेन्द्रित दलको चुनावी दौडाहा चलिरहेको छ, जसले तराई–मधेशमा राजनीतिक सरगर्मी बढेको छ ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुईसाता अघिदेखि नै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावीसभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेशका रैथाने दलहरू पनि निर्वाचनमा होमिएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमलगायत पार्टीको मधेश प्रचारले निर्वाचन माहोल ह्वात्तै बढेको छ । मुख्य प्रतिस्पर्धामा रहेका तराई केन्द्रित दलमध्येको राजपा शनिबार तराई झरेर निर्वाचन अभियानमा होमिएको छ ।

भदौको चर्को घामको कुनै पर्वाह नगरी राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ता स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर आफ्ना गतिविधि बढाइरहेका छन् । नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरमलगायतले भने झण्डै महिनादिनदेखि जनमत आफ्नो पक्षमा हत्याउन निर्वाचन प्रचारमा जुटिरहेका छन् ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर शारीरिक अस्वस्थताका कारण राजधानीमै छन् भने अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव आ–आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा क्रियाशील छन् । अन्य जिम्मेवार नेतापनि निर्वाचन अभियानमा जुटेको राजपाका महासचिव केशव झाले बताए ।

यता नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू निर्वाचन प्रचारकै दौरानमा महिना दिनदेखि तराई केन्द्रित छन् ।

विशेषगरी ठूलो दलमध्ये एक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू लामो समयदेखि तराईमै क्रियाशील छन् । नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधि तराइमै छन् भने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशांक कोइराला पनि निर्वाचनलाई लक्षित गरेर तराई जानेक्रम बाक्लिएको छ । यता एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल पनि एकसातादेखि तराईमै छन् भने अन्य नेता कार्यकर्ता पनि चुनावमा होमिएका छन् ।

निर्वाचनमा सबै सामथ्र्य खर्चेका ठूला दल तथा मधेशकेन्द्रित दलले निर्वाचनमा मधेश मुद्दाका कारण माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् ।

प्रमुख तीन दलको प्रतिस्पर्धामा आफूलाई अब्बल दाबी गर्ने तराईका ठूला तीन दल– राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले तराई–मधेशको जनमत आफ्नो पक्षमा नै आउने जिकिर गरिरहेका छन् ।

अघिल्ला दुई चरणको स्थानीय तहको निर्वाचन बहिस्कार गरेको राजपाले प्रदेश नं। २ को निर्वाचन आफ्नो मुद्दासँग जोडिएकाले जनताले साथ दिने आसा गरेको छ ।

राजपाका नेता रामनरेश राय यादवले आफ्नो पार्टीकै कारण प्रदेश नं। २ मा निर्वाचन संभव भएको र अहिले चुनावी माहोल तातेको बताए । ‘हाम्रा कतिपय मुद्दा सरकारले सम्बोधन गरिसकेको छ भने केही बाँकी छन् । निर्वाचन जित्ने आधार भनेको हामी मुद्दाकेन्द्रित छौँ, त्यसैले निर्वाचनको माहोल हाम्रो पक्षमा छ’, उनले भने ।

संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले निर्वाचन माहोल तातेको र सारा जनतामा उत्साह छाएको बताए । प्रदेश नं।२ मा संविधानसभाको निर्वाचनजत्तिकै उत्साह बढेको उल्लेख गर्दै नेता यादवले विगतका मुद्दा र संघर्षशील तथा सशक्त पार्टी भएका कारण जनताको मत आफ्नो पक्षमा आउने दावी गरे ।

लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीे पनि तराईमा चुनावी सरगर्मी बढेको र सबै पार्टीले मत आफ्नो पक्षमा आउने दाबी गरेपनि आफ्नो पार्टीको लामो समयदेखिको मेहनतले जनताले मत दिने बताउँछन् ।

राष्ट्रिय राजनीतिमा संयोजनकारी भूमिका निर्बाह गरेको र तराईका जनताको पक्षमा काम गरेकाले पनि जनताले लोकतान्त्रिक फोरमलाई साथ दिने उनको दाबी छ ।

प्रदेश नं २ का कुल १३६ स्थानीय तहमा निर्वाचन हुन लागेको छ । छहजार छसय पदका लागि ३६ हजार ३ सय १८ उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन् । प्रदेशमा जम्मा २६ लाख ९ सय ५० मतदाता र ३ हजार ५ सय ७८ मतदान केन्द्र रहेका छन् ।
प्रदेश नं. २ अन्तर्गत ८ जिल्ला – सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...