२ नम्बरमा काँग्रेस ठूलो दल बन्नेमा शंका छैन : नेता निधि
धनुषा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले प्रस्टरुपमा नै जित हासिल गर्दै ठूलो दल बन्नेमा कुनै शंका नरहेको बताएका छन् ।
नेपाली काँग्रेस प्रचारप्रसार समिति, मिडिया सेन्टर धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई चरणको चुनावमा काँग्रेस दोस्रो पार्टीको रुपमा आएपनि तेस्रो चरणको चुनावमा काँग्रेसको पक्षमा जनलहर देखिएकाले चुनावमा ठूलो दल बन्ने दाबी गरे ।
नेता निधिले काँग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पार्दै एकजुट भएर सबै नेता कार्यकर्ता निर्वाचनमा लागेको बताए । नेपाली काँग्रेसले मधेश मुद्दा समाधान गर्न अग्रणी भूमिका निर्वाह गरेको बताउँदै मधेशी जनताको भावनाअनुसार संविधानलाई सर्वस्वीकार्य बनाउने कार्यका लागि नेपाली काँग्रेसकै नेतृत्वको आवश्यकता रहेकोे दाबी गरे ।
सम्बन्धित समाचार
दोषारोपणले मधेशमा ओरालो यात्रामा माओवादी, के अब उकालो लाग्न सक्छ ?
महोत्तरी । मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान् ? मधेश...
गगन थापाको प्रस्तावको प्रस्ताव पारित, आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने
काठमाडौं । गएको निर्वाचनमा गठबन्धन गरेर ठूलो पार्टी बनेको नेपाली कांग्रेसले आगामी चुनावमा कसैसँग ...
प्रचण्ड भन्छन्, पार्टी फुट्छ भन्ने हल्ला निराधार हो, झन एकढिक्का भएको छ
नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेप...
वृहत बाम एकताको पक्षमा एकीकृत समाजवादी, पहिलो बैठकद्धारा ७ बुँदे प्रस्ताव पारित
काठमाडौं । बल्लबल्ल १० औं महाधिवेसनको चटारो सकेको नेकपा (एकीकृत समाजवादी) वाम एकताको पक्षमा देखिए...
सकियो एकीकृत समाजवादीको महाधिवेसनको मिनी मेला, पदाधिकारी हार्नेले पाए पोलिटव्युरोमा पपुलर मत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । एकीकृत समा...
निर्वाचनबाट चुनिए एकीकृत समाजवादीका पदाधिकारी को-को छानिए ? (अन्तिम मत परिणामसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षम...
पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित
काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...
प्रतिकृया दिनुहोस