देशलाई विनाविलम्ब समृद्धिको बाटोमा लैजानुपर्छ : ओली

नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी एमालेमा समाहित

Pk oli

 

काठमाडौँ  । ‘नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी’ नेकपा(एमाले)मा समाहित भएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार आयोजित कार्यक्रममा २१४ जना सो पार्टीका सबै केन्द्रीय, प्रदेश र जिल्ला समितिसहित प्रवेश गरेका थिए । 

सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि एमालेले निर्वाचनमा दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताए । “देशलाई विनाविलम्ब समृद्धिको बाटोमा लैजानुपर्छ”, उनले भने । 

पूर्वप्रधानमन्त्री ओलीले दुई छिमेकी देशसँग मित्रवत् र समान सम्बन्ध राखेर टकरावमा नपरी नेपालले आफ्नो हितका पक्षमा काम गर्नुपर्ने बताए । उनले छिमेकीसँगको पुराना मानसिकता र व्यवहार परिवर्तन गरेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले छिमेकीलाई डुबान गराउन र सीमा स्तम्भ सार्ने जस्ता काम नगर्न आग्रह गरे । 

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले साम्राज्यवादी र पूँजीवादीले एमालेमाथि प्रहार गरिरहेका बेला एउटा सिंगै पार्टी एमालेमा आएर थप राष्ट्रिय एकता जोगाउन सहयोग पुग्ने बताए । कार्यक्रममा नवप्रवेशीका तर्फबाट लोकतान्त्रिक पार्टीका अध्यक्ष चूडादेवसिंह लामा, संरक्षक वसन्तराज कुँवर र वरिष्ठ नेता धरणीधर खतिवडाले एमालेको देशप्रति देखिएको झुकावका कारण आफूहरु त्यसमा प्रवेश गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...