यी हुन् सोमबार मन्त्रीपरिषदमा थपिने अनुहार

Mantrra pra pa new mantri

काठमाडौं । लामो समयको रस्साकस्सीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सोमबार सरकारमा सहभागी हुने भएको छ ।

सोमबार सरकारमा सहभागी बन्न दागेको राप्रपा प्रजातान्त्रिक एक महिनाअघि मात्र राप्रपाबाट विभाजन भएको थियो । राप्रपा प्रजातान्त्रिकको भागमा ३ मन्त्रालय परेको छ ।

गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको राप्रपा प्रजातान्त्रिकले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो । सोसँगै उसलाई सरकारमा जाने बाटो खुलेको थियो ।

पार्टी अध्यक्ष पशुपति शमसेर राणाले आइतवार सरकारमा सहभागीको नाम दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पाँचौंपटक मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले यसअघि २४ जेठमा मन्त्रिमण्डल गठन गरेका थिए भने त्यसपछि २८, असार २, साउन ११ र भदौ ४ गरी चार पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनी गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

सरकारमा अहिले प्रधानमन्त्री सम्बद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहितका दलहरु सहभागी छन् । अहिले राप्रपा प्रजातान्त्रि सरकारमा सामेल हुँदा देउवा नेतृत्वको सरकारमा सोमबार ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद राज्यमन्त्रीसहित ५४ सदस्यीय पुग्नेछ ।

को को हुँदैछन् मन्त्री ?
राप्रपा (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री र एक राज्य मन्त्रीले सोमबार ११ बजे सफथ लिँददैछन् । त्यसरी सफथ लिनेमा दीपक बोहरा, विक्रम पाण्डे र सुनिलबहादुर थापा र राज्य मन्त्रीमा रेशम लामा छन् ।

व्यवस्थापिका–संसद्मा १८ सांसद रहेको सो पार्टीले सुनिलबहादुर थापा उद्योग, दीपक बोहोरा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन तथा भू संरक्षण मन्त्री तथा रेशम लामा उद्योग राज्यमन्त्री पाउने छन् ।

थापा, बोहोरा र पाण्डे प्रतक्ष निर्वाचित सांसद हुन् भने लामा समानुपातिक सांसद हुन् । पार्टीको पदीय हिसावमा बोहोरा र पाण्डे उपाध्यक्ष हुन् भने थापा र लामा महामन्त्री हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...