एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : ओली

Kp oli

दमौली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा शुक्रबार आयोजना गरेको सभामा अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गरे । 

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उनको भनाइ छ । एमाले मधेस विरोधी होइन भन्दै उनले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताए । 

नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उनको भनाइ छ । एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । 

प्रतिकृया दिनुहोस