३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु  

Kamal thapa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको बिहिबार उद्घाटन गर्दै उनले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिए ।

देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३ सय जनाको सहभागिता रहेको छ ।

भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आत्मदाह प्रयासअगाडि आचार्यले लेखेका थिए फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप (आत्मलापसहित)

Aatma dah prayash

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सामाजिक ...