२ नम्बर प्रदेशमा कांग्रेस-माओवादी तालमेल असफल

यस कारण मिल्दैछ मधेशमा एमालेलार्इ राहत

Uml..

काठमाडौँ । असोज २ हुने स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादीको चुनावी तालमेल भाँडिए पछि एमाले उत्साहित भएको छ ।  हरेक क्षेत्रमा तालमेल गर्दै एमालेलार्इ घेराबन्दीमा राखेकाे सत्ता गठबान्धन मेधेशमा भने असफल भएको छ । 

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा तालमेल गरेर एमालेलाई पाखा लागाउने प्रयास जनताले असफल बनाएर एमाले पहिलो स्थानमा रहेको बेला तेस्रो निर्वाचनमा कांग्रेस माओवादी कार्यक्रर्ताले नै तालमेल अस्विकार गरे पछि एमालेलाई प्रदेश नं २ मा सहज वातावरण भएको छ ।

एमालेको प्रभाव रहेका क्षेत्रमा कांग्रेस र माओवादीले चुनावमा तालमेल गरेर जाने देउवा र प्रचण्ड विचको सहमती भएको भएपनि कार्यक्रताहरुको असहमति र भाग बण्डा नमिल्दा कार्यन्वयन हुन नसकेको हो ।

कांग्रेस र माओवादीबीच बिशेष गरी पूर्व–पश्चिम महेन्द्र राजमार्ग आसपासका स्थानीय तहमा तालमेल गर्ने सहमति भएको थियो । ती क्षेत्रमा तुलनात्मक रुपमा एमाले बलियो रहेका कारण तालमेल गर्न खोजिएको तर, माओवादीले हैसियत भन्दा बढी माग्नु र कांग्रेसले आफ्नै कार्यकर्ता व्यवस्थापन गर्न नसक्नुको कारण तालमेल भाँडिएको बताइएको छ ।

माथिबाटै तालमेलको निर्णय भएपनि तल निर्णय कार्यन्वयन गर्ने सन्दर्भमा कार्यकर्ताले नमानेको बताएको छ । मुख्य समस्या कांग्रेसमा देखियो भने वडा विभाजनका सन्दर्भमा कांग्रेसले हेपेपछि माओवादी कार्यकर्ताले पनि तालमेल स्वीकार गरेको माओवादीले दावी छ ।

कांग्रेस र माओवादीबीच सप्तरीको कञ्चनरुप ,राजविराज नगरपालिकाका ,रुपनी , सप्तकोशी गाउँपालिका, सिराहाको सिरहा नगरपालिका, लाहानमा, मिर्चैया, गोलबजार र कर्जन्हा नगरपालिका,महोत्तरीको बर्दिबास, गौशाला, औरही नगरपालिका, सर्लाहीको लालबन्दीमो, हरिवन, ईश्वरपुर, बागमती, बरहथवा नगरपालिकामा बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तालमेलको तयारी रहेको थियो ।

अब कांग्रेस र माओवादीबीच जम्मा दुई स्थानीय तहमा मात्र तालमेल भएको छ । धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा दुई दलबीच तालमेल भएको छ ।

तालमेल भएका र भाँडिएका यी सबै स्थानीय तहमा मुख्य प्रतिस्पर्धी एमाले रहेको छ । एमालेलाई राजमार्ग क्षेत्रमा दुई दल मिलेर रोक्न सक्दा उसको साइज घटाउन सकिने आँकलन दुबै दलको थियो । तर माथिको निर्णय तलका कार्यकर्ताले नमान्दा तालमेल सफल नभएको नेताहरुले बताएका छन् ।

एक्लाएक्लै लड्दा राजमार्ग क्षेत्रमा एमाले पंक्ति उत्साहित देखिएको छ । २ नम्बर प्रदेश नम्बर प्रदेशमा समग्रमा कांग्रेससँगै प्रतिस्पर्धा भए पनि राजमार्ग क्षेत्रमा कतै कांग्रेस र कतै माओवादी प्रतिस्पर्धामा आउन सक्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...