रौतहटमा उत्सापूर्वक मनोनयन दर्ता, जनतामा खुशीयाली

Rauthat 22

रौतहट । स्थानीय तहले प्रदेश नं.२ लाई लक्षित गरि तेस्रो चरणको निर्वाचनको लागि गरिएको मनोनयन दर्ता उत्साहजनक सफल भएको छ ।

प्रदेश नं.२ को ८ वटै जिल्लामा मनोनयन दर्ता गरिएका छन । त्यस्तै रौतहटको सवैला नगरपालिका र गाउँपालिकामा पनि जनताले पर्खदै उत्साह पुर्न रुपमा खुशीयाली देखिएका छन ।

रौतहटको निर्वाचन अधिकृत राजन श्रीवास्तका अनुसार प्रदेश २ का रौतहट जिल्लाको १ सय ५७ वार्डमा २ सय ७७ मतदान स्थल र ४ सय ३४ मतदान केन्द्र रहेका छन भने स्थानीय तहको लागि रौतहटमा ३ लाख २१ हजार १८ जना मतदाता रहेको छ ।

स्थानीय तहको तेस्रो निवार्चनमा रौतहट जिल्लामा रहेको १६ नगरपालिका र २ गाउँपालिकाको कार्यालयमै उम्मेदवारहरुको मनोनयन दर्ता हुने श्रीवास्तवले बताए ।

रौतहटमा रहेको १६ ओटा नगरपालिकामा १६ ओटा प्रमुख मेयर, १६ उपमेयर, १ सय ५७ अध्यक्ष र ६ सय २८ जना सदस्य हुने छन ।

त्यस्तै २ गाउँपालिकामा २ अध्यक्ष, र्२ उपाध्यक्ष र १० वार्ड अध्यक्ष र ४० जना सदस्य रहने छन ।रौतहटको निर्वाचन अधिकृत राजन श्रीवास्तवका अनुसार गौर न.पा.मा ३ सय ४०, परोहा न.पा.अधिकृत देवनारायण यादवका अनुसार २ सय ८, दिपेश झाका अनुसार गरुडा न.पा.मा मेयर २४, उपमेयर १८ अन्य गरी २ सय ८० र माधवनारायण न.पा. अधिकृत राजेन्द्र सिंहले २ सय २३ अरु बिवरण भोली सार्वजनीक गर्ने अहिले पनि जानकारी अनुसार २ वा ३ ठाउँमा अलि विवादले गर्दा रातीको १ बजे सम्म नोमिनेशन दर्ता हुन सक्ने अवस्था रहेको रौतहट प्रमुख श्रीवास्तवले बताएका छन ।

बिहान १० बजे देखि सन्ध्या ५ बजे सम्म भएको उक्त नोमिनेशनमा हजारौ हजारको जनमास तथा भिडभाड देखिएको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम नेपाल, राप्रपा, बहुजन शक्ति पार्टी लगायत विभिन्न पार्टीबाट मेयर, उपमेयर, र स्वतन्त्र उम्मेदवार गरि दुई दर्जन भन्दा बढिले तथा बहुतौले वार्ड अध्यक्ष र सदस्य उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन ।

प्रतिकृया दिनुहोस