राष्ट्रपति र प्रधानमन्त्री बिच भेट, भारत भ्रमणबारे जनाकारी

Rss images 1504627229689 photo courtesy  office of prresident rss

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार भेटवार्ता गरेका छन ।

राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदा, कोशी परियोजनामा नेपाली जनताले पाउनुपर्ने मुआब्जा, डुबान समस्या निराकरण गर्न संयुक्त प्राविधिक टोली बनाउनेलगायत अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद धिमिरले जानकारी गराए।

भेटमा परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्चसरकारी अधिकारीको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...