यस्ता छन् २ प्रदेशमा माओवादीका उम्मेदवार 

अन्य तहमा उम्मेदवार छान्न सकस

Maost centre flge

काठमाडौं । तेस्रो चराणको निर्वाचन नजिकिँदै गर्दा सबै राजनीतिक दलहरुले आफ्ना उम्मेदवार चयन गर्न थालेका छन् ।

सैक्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवार छनौट गरेको छ ।माओवादी केन्द्रले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट केही उम्मेदवारको नाम मात्रै तय गरेको छ । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि ३१ स्थानका लागि नामहरु तय गरेको छ ।

२ नं. प्रदेशको आठ जिल्लाका १ महानगरपालिकासहित १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणअन्तर्गतको निर्वाचन हुँदैछ ।

कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएकाले सो पार्टीले जनाएको छ ।

केन्द्रले अहिलेसम्म वीरगञ्ज महानगरपालिकामा रहबर अन्सारीलाई मेयरमा उम्मेदवार बनाएको छ । उपमेयर भने अझैं टुंग्याएको छैन । राजविराज नगरपालिका अनिस अन्सारी, हनुमान नगर नगरपालिका राहुल मण्डल मेयर र चित्रादेवी कामठ उपमेयर, कञ्चनपुर नगरपालिकामा बन्सी चौधरी, सप्तकोशी नगरपालिकामा ध्रुव कार्की, सम्भूनाथ नगरपालिकामा दानालाल चौधरीलाई मेयर र सुमिता साहलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

माओवादीले सुरुङ्गा नगरपालिकामा हरिनारायण चौधरीलाई मेयर र लक्ष्मी चौधरीलाई उपमेयर बनाउने निर्णय गरेको छ । त्यसैगरी खडक नगरपालिकामा जयप्रकाश चौधरीलाई मेयर र उपमेयरमा चन्द्रश्वेरी मण्डललाई उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी महादेवा नगरपालिकामा तारणी तिवारी अध्यक्ष  र उर्मिला यादव उपाध्यक्ष, तिरहुत गाउँपालिकामा दिनेश यादव अध्यक्ष र लालबोइन सर्दार उपाध्यक्ष, शोवरण गाउँपालिकामा वचन चौधरी अध्यक्षमा, रुपनी गाउँपालिका मुस्तिकन रायन अध्यक्ष, बेलही टटेना गाउँपालिका महमद इब्राहिम मिया अध्यक्ष, तिलाठी कैलाली गाउँपालिकामा मुन्नेलाल मुखिया अध्यक्ष, छिन्नमस्ता गाउँपालिकामा जपप्रकाश यादव अध्यक्ष, बङ्गाहा गाउँपालिका छत्रनारायण यादव अध्यक्ष र चन्डेश्वरी राम उपाध्यक्ष, महादेवा गाउँपालिका (ख) शिवनारायण यादव अध्यक्ष, चन्द्रनिगाहापुर नगरपालिका युवराज भट्टराई मेयर, बिन्द्रावन नगरपालिका रामप्रसाद पटेल मेयर, गजरा नगरपालिकामा पलट चौधरी मेयर र कठरिया नगरपालिकामा शियाराम कुसबाहालाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी माओवादी केन्द्रले पटुवा विजयपुर नगरपालिका सुरेन्द्र यादव मेयर, मौलापुर नगरपालिका रिनाकुमारी साह मेयर, देवाही गोनाही नगरपालिका प्रेमलाल साह मेयर, माधव नारायण नगरपालिका देवनारायण भगत मेयर, बरुवा नगरपालिका बरुण जैसवाल मेयर, बैदीमाई नगरपालिका त्रिभूवन साह मेयर, रायदेवी नगरपालिका राजेश साह कानु मेयर, दुर्गा भगवती गाउँपालिका शम्भू सिंह अध्यक्ष र यमुना माई गाउँपालिका श्रीप्रसाद मुखियालाई अध्यक्षको उम्मेदवार बनो भएको छ । अन्य स्थानमा भने माओवादी केन्द्रले उम्मेदवार चयन गरिसकेको छैन ।  

प्रतिकृया दिनुहोस