राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्रीको व्यवस्था हुनुपर्छ : डा लोहनी

Prakesh chandra lohani 2

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । 

पार्टीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताए । 

माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।'

भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...