प्रेमकथामा आधारित  प्रेमको प्रतिबिम्ब चलचित्र ‘ए मेरो हजुर २’

Ye mero hajur2

काठमाण्डौं । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।

देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताए ।

‘म यस्तो गीत गाउँछु,’ ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगतमा भित्रिएको ‘ए मेरो हजुर २’ ले शुरुवाती प्रदर्शन राम्रो रहेको छ । “आक्रामक व्यापार भइरहेको छ, राजधानी काठमाडौँ बाहिरको वितरणको जिम्मा लिएका केदार पराजुलीले भने दुई दिनमा करिब दुई करोड व्यापार भयो ।”

युवा रोमान्सलाई कथामा उनेर १० वर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालीन नायिका झरना थापाको डेब्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ ।

सच्चा प्रेम जुनसुकै अवरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै बिहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिलाई समेत नंग्याउने प्रयासले चलचित्र जीवन्त बन्न पुगेको छ ।

कथाले समलिङ्गीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोणलाई तिखो प्रहार गरिएको छ । देशको वेशभूषा र संस्कृतिको संवद्र्धनमा एक कदम अगाडि छ । चलचित्रमा आएका सबै गीत उत्कृष्ट बनेका चलचित्र पत्रकार रवि अधिकारी बताउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...