यु समिट र जेभियरलाई उपाधि

2111

काठमाडौं । न्यु समिट र जेभियर इन्टरनेसनल कलेजले आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । न्यु समिट ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु समिटले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७०–४९ ले पराजित ग¥यो ।

न्यु समिटका विशाल मानन्धरले १८ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई ३२–२९ ले हरायो । जेभियरकी सुष्मा गौतमले १२ स्कोर गरिन् ।

ब्वाइजमा न्यु समिटका पविन राई तथा गल्र्समा जेभियरकी गरिशा सिलवाल ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई बर्नहार्टका अध्यक्ष भूपेश छत्कुली र प्रिन्सिपल नवराज अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा ५ गरी २९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...