विश्वकप छनौट फ्रान्सका लागि अप्रत्यासित, १०३ वर्षपछि लग्जेम्बर्गलाई जित्न सकेन

43e0309b00000578 0 image a 36 1504467833587

भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गतको खेलमा फ्रान्स अप्रत्यासित रुपमा लग्जेम्बर्गसँग बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा हरेको फ्रान्स घरेलु मैदानमा आइतबार राति भएको खेलमा लग्जेम्बर्गसँग गोलरहित बराबरीमा रोकिएको हो । फिफा बरियतमा दशौं स्थानमा रहेको फ्रान्स आफूभन्दा एक सय २६ स्थान तल रहेको टिमसँग बराबरीमा रोकिएको हो । लग्जेम्बर्ग फिफा बरियतामा एक सय ३६ औं स्थानमा छ । यसअघि गएको बिहीबार भएको खेलमा नेदरल्याण्डसलाई ४–० ले हराएको फ्रान्सले लग्जेम्बर्गसँगको खेलमा अधिकांश समय बलमा नियन्त्रण कायम गर्‍यो । ३४ पटक पोस्ट प्रहार गरेकोमा दुई पटक बल बारमा लागेर फर्कियो । तर गोल भने गर्न सकेन । फ्रान्सले सन् १९१४ पछि ९एक सय ३ वर्षमा० लग्जेम्बर्गलाई हराउन नसकेको यो पहिलो पटक हो । स्टार खेलाडीहरु पउल पोग्बा, एन्टोनी ग्रिजम्यान र केलिय एमबाप्पे रहेको टिम फ्रान्सलाई लग्जेम्बर्गले गोल गर्न दिएन । बराबरीपछि पनि फ्रान्स १७ अंकबसहित समूहको शीर्ष स्थानमा छ । राति नै भएको खेलमा बेलारुसलाई ४–० ले हराएको स्वीडेन १६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै बुल्गेरियालाई ३–१ ले हराएको नेरदरल्याण्डस १३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...