कुमार नगरकोटीको ‘दोचा’ सार्वजनिक

Dohha

काठमाडौं । प्रहरी सेवामा जागिरे पिताका पछि लागेर सानैमा डोल्पा पुगेका कुमार नगरकोटीले मितिनी आमाबाट उपहार पाए, एक जोर दोचा ।

पछि काठमाडौं फर्किंदा बुवाको सुटकेससँगै त्यो दोचा भैरहवाको एउटा होटलमा छुट्यो । जीवनभर स्मृतिमा बोकेर हिँडिरहेको दोचालाई नगरकोटीले शनिबार पुस्तकका रूपमा प्रस्तुत गरे ।

दैनिकी शैलीमा लेखिएका निबन्धहरूको सँगालो ‘दोचा’को विमोचन नगरकोटी र उनका स्कुले साथीहरू रवि मल्ल र अक्षय अधिकारीले गरे ।

कार्यक्रममा निबन्धकार शेखर खरेलले नगरकोटीको लेखनशैलीबारे चर्चा गरेका थिए । उनले ‘दोचा’मा समकालीन साहित्यकारसँगको सम्बन्ध र नोस्टाल्जियालाई सुन्दर शैलीमा प्रस्तुत गरिएको उल्लेख गरे ।

भने, ‘नगरकोटीको लेखनमा आनन्दको चरम उत्कर्ष पाइन्छ । र, उनमा पठनको आनन्द पाइन्छ ।’ खरेलले कथा वाचन नै नगरकोटीको खुबी भएको उल्लेख गरे ।

कार्यक्रममा नगरकोटीले पुस्तक लेखनको अन्तर्कथा बताएका थिए ।‘‘एउटा असारमा मेरो कोठानेर एक जोडी परेवा बस्न आइपुगे ।

तिनै परेवासँग मैले संवाद गर्न थालेँ’, नगरकोटीले भने, ‘यो पुस्तक त्यही संवादको विस्तृत रूप हो ।

नगरकोटीका विद्यार्थी एवं संगीतकर्मी अक्षय अधिकारीको सांगीतिक प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको थियो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...