‘२ रुपैयाँ’मा लाउरे र एड्रेको र्‍याप  

Lahure adre

काठमाडौ । भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश एक र्‍याप गीत सार्वजनिक भएको छ । रोहित शाक्यद्धार सृजित तथा निर्मित यो गीतमा र्‍यापरद्धय लाउरे र एड्रेले आवाज दिएका छन् ।

यो भिडियोको छायांकन केही दिन अगाडि मात्र गरिएको थियो । यो भिडियोमा र्‍यापरद्धय लाउरे र एड्रेका साथमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतलाइ पनि देखाइएको छ ।

यो गीतको भिडियोको निर्देशन चलचित्रका निर्देशक असिम शाहले गरेका हुन् । गीतको छायांकन हरि हुमागाँइले गरेका हुन् भने लोकेश बज्रचार्य यसका सम्पादक हुन ।

निर्देशक अमिस शाहका अनुसार, यो गीतलाइ चलचित्रको मुख्य अंशको रुपमा समावेश गरिएको छ । उनले र्‍यापरद्धयले चलचित्रको मर्मलाइ यो ओएसटीमा समावेश गरेको बताए ।

निश्चल बस्नेत, आशिफ शाह र मेनुका प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...