आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर
![Bir bahadur balayar](http://nishannews.com/uploads/olitics/Bir-Bahadur-Balayar.jpg)
डोटी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ भने ।
तेस्रोचरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचारसंहितामाथि आचारसंहिता ल्याइएको’ उनको टिप्पणी थियो ।
मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उनको भनाइ थियो । ‘यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो ’। निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अवरुद्ध पार्न मिल्दैन्,’ मन्त्री बलायरले भने,'यो अवस्थाले त वर्ष नै आचारसंहितामा जाने भो । त्यसैले आचारसंहिता मिलाएर छलफलका आधारमा लगाइनुपर्ने हो ।'
मन्त्री बलायरले प्रदेश नम्बर– ७ को भूमि हुँदै छिट्टै भारत–चीन जोडिने बताए । ‘भारतको गौरिफण्टा हुँदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको उनले जानकारी दिए।
सम्बन्धित समाचार
संसदमा सवाल जवाफमा उत्रिए ओली, जथाभावी नबोल्न सांसदलाई उर्दी (सवाल-जवाफको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग आफ्नो नयाँ कार्यकालको प्रत्यक्ष सवाल(जवाफ ग...
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त, जिल्लिए गिरी
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य ...
प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वास प्राप्त, विपक्षमा ७४ मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वास प्राप्त गरेक...
राप्रपाले ओलीलाई विश्वासको मत नदिने, दुई दलीय प्रणालीप्रति लिङ्देनका् आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।...
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।...
ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने समाजवादी मोर्चाको निष्कर्ष
काठमाडौं । समाजवादी मोर्चाले कांग्रेस(एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको...
आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै
काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...
प्रतिकृया दिनुहोस