क्षेत्र निर्धारण गर्दा अन्याय भयो : गच्छदार

Gachhadar

सप्तरी । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारणप्रति आपत्ति जनाए ।

दलहरुसँग कुनै छलफल नै नगरी अवैज्ञानिक तरिकाले निर्वाचन क्षेत्र निर्धारण गरिएको भन्दै उनले यसले पछि समस्या निम्त्याउने चेतावनी दिए ।

सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले भने ‘क्षेत्र निर्धारण गर्दा अन्याय भएको छ । यसले ठूलै समस्या निम्त्याउँछ ।

फरक प्रसङ्गमा नेपाल लोकतान्त्रि फोरमका अध्यक्ष गच्छदारले निर्वाचन आयोगले आचार संहिताको नाममा सरकारको हातखुटा बाँधेको आरोप लगाउनु भएको छ ।

उनले ३ महिनापछि हुने निर्वाचनका लागि अहिले नै आचार संहिता लगाउनु जायज नभएको भन्दै यसले दैनिक कामकाज प्रभावित भएको बताए । आयोगको काम सच्याउन उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...