मेयर कप फुटसल १३ वडालाई

Futsalll

काठमाडौँ । वडा नम्बर तेह्रले मेयर कप फुटसलको उपाधि जितेको छ । चमती फुटसलमा भएको फाइनलमा तेह्रले वडा नम्बर सत्रलाई ११–३ को भारी गोलअन्तरले पराजित ग¥यो । उपाधिसंगै तेह्रले १ लाख नगद पुरस्कार पायो भने सत्रले ५० हजार नगदमा चित्त बुझायो ।

उपाधि विजेताका अभय राना फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए । अभयनै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले प्रतियोगिताभर १२ गोल गरे ।

युवा संघ नेपाल २५ र २७ नं. वडाद्वारा संयुक्त आयोजित प्रतियोगितामा वडा नम्बर पाँचका सुजित प्रजापति उत्कृष्ट खेलाडी चुनिए । वडा नम्बर तेह्रका विशाल शाही उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वाधिक गोलकर्ता र उत्कृष्टले समान ७ हजार मुल्य बराबरको गिफ्ट ह्याम्पर पाए ।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । भदौ १० गतेदेखि सुरु प्रतियोगितामा १६ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...