माओवादीको केन्द्रीय नेतृत्व तराई मधेश दौडाहमा

चुनावी माहोल ह्वात्तै बढ्यो

Province 2

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । 

प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेता विगत एक सातादेखि तराई मधेशका विभिन्न जिल्लामा चुनावी गतिविधिमा सहभागी छन् । 

अध्यक्ष दाहालका साथसाथै पार्टीका वरिष्ठ नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, विश्वनाथ शाह, प्रभु साह, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा, श्रवणकुमार यादव, चक्रपाणि खनाल, उर्मिला अर्याललगायतका नेताहरु चुनावी अभियानलाई प्रभावकारी बनाउन र पार्टीको पक्षमा जित निकाल्न क्रियाशील रहनुभएको प्रवक्ता भुसालले जानकारी दिइन् । 

यस्तै पार्टीका वरिष्ठ नेता अमिक शेरचन, लिलामणि पोखरेल, दिनानाथ शर्मा, जयपुरी घर्तीलगायतका नेताहरु पनि चुनावी गतिविधिमा सहभागी छन् । 

प्रदेश नं २ को कुल १३६ स्थानमा निर्वाचन हुन लागेको छ । माओवादीको केन्द्रीय नेतृत्व नै तराई मधेश दौडाहमा लागेपछि चुनावी माहोलसमेत तातेको छ । धनुषाको जनकपुरधाममा पार्टीको सचिवालय बैठक राखेर शुरु भएको चुनावी अभियान प्रभावकारी रुपमा अगाडि बढेको र माओवादीको पक्षमा चुनावी माहोल देखिएको नेता मातृका यादवले जानकारी दिए । 

यस्तै नयाँशक्ति परित्याग गरेर केही दिन पहिले मात्रै माओवादीमा समाहित भएका नेताहरु देवेन्द्र पौडेल, बलावती शर्मा, पासाङ शेर्पा,परशुराम तामाङ र लोकतान्त्रिक फोरम परित्याग गरी माओवादीमा प्रवेश गरेका रामेश्वर राय यादवसमेत माओवादीको पक्षमा चुनावी माहोल बनाउन लागि परेका छन् । 

दुई नम्बर प्रदेशका इन्चार्जसमेत रहनुभएका यादवका अनुसार माओवादीले आज चुनावी रणनीति तय गर्न वीरगञ्जमा केन्द्रीय सचिवालयको विस्तारित बैठक आयोजना गरेको छ । 

बैठकबाट २ नम्बर प्रदेशको स्थानीय तहको उम्मेदवारसमेत चयन गर्ने तयारी गरिएको प्रवक्ता भुसालको भनाइ छ । माओवादीले नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय जनता पार्टीलगायतका पार्टीसँग चुनावी तालमेल गर्ने रणनीतिसमेत अख्तियार गरेको छ । 

तराई मधेशको चुनावी गतिविधिमा केन्द्रित भएका अध्यक्ष दाहालले पछिल्लो समयमा माओवादीको पक्षमा उभार आएको र ‘१२ वर्षपछि खोला फर्केको’ जस्तै अनुभूति भएको बताउँदै आएका छन् । 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसकेको माओवादीले प्रदेश नं २ मा भने पहिलो पार्टी बन्ने दृढता प्रस्तुत गरेको छ । 

यस्तै गत साउनको अन्तिम साताको बाढी र पहिरोका कारण आहातमा परेको २ नम्बर प्रदेशमा राहत वितरण तथा पुनःस्थापनाको कामलाई समेत केन्द्रमा राखेर गतिविधि गरिएको सो पार्टीले जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...