सन्तोषलाई दोश्रो डान

Dan santosh

काठमाडौं । माचुसिमा क्योकुसिन कराते खेलाडी सन्तोष बुढाथोकीलाई दोश्रो डानको प्रमाण पत्र र बेल्ट शनिबार प्रदान गरिएको छ ।

नेपाल माचुसिमा क्योकुसिन कराते संघले कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाइ स्कुलमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले दोश्रो डानको प्रमाण पत्र तथा माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ चौथो डान राजकुमार गुरुङले बेल्ट प्रदान गरी सन्तोषलाई सम्मान गरे ।

माचुसिमा क्योकुसिनमा दोश्रो डान प्राप्त गर्ने सन्तोष तेश्रो खेलाडी हुन् । उनीभन्दा अघि सुनील आचार्य र मनोज बुढाथोकीले दोश्रो डान हासिल गरेका थिए ।

गत मेमा इन्डोनेसियाको जाकर्तामा भएको एसियाली प्यासिफक माचुसिमा क्योकुसिन कराते च्याम्पियनसिपका दौरान भएको ग्रेडिङमा विभिन्न राष्ट्रका ६० जनासहित सन्तोषले पनि दोश्रो डानका लागि परीक्षा दिएका थिए ।

परीक्षामा उत्तीर्ण भएका सन्तोषलाई जापानको इन्टरनेसनल क्योकुसिन काइकान अर्गनाइजेसन (आईकेओ) माचुसिमा होम्बु डोजोबाट प्राप्त दोश्रो डानको प्रमाण पत्र र बेल्ट सन्तोषलाई प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले मार्सल आर्टले मुलुकलाई पदक दिलाएर अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा योगदान पु¥याइ रहेको बताए ।

उनले खेलकुदको विकासमा विद्यालयहरुको भूमिका सराहनीय रहेको धारणा व्यक्त गर्दै खेलकुद विकासको आधार स्तम्भ विद्यालय भएको बताए ।

यसैबीच माचुसिमा क्योकुसिन कराते संघको आयोजनामा टेक्निकल सेमिनार तथा ग्रेडिङ शनिबारै पुष्पसदन स्कुलमा सम्पन्न भएको छ ।

एकदिने सेमिनारमा ६० खेलाडी सहभागी थिए । उनीहरुलाई ब्रान्च चिफ गुरुङले माचुसिमा क्योकुसिन करातेको विविध पक्ष बारे जानकारी गराए थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...