विश्वकप छनौटमा डेनमार्कको शानदार जित

2497827 w1

भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्ड परातिज भयो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे । १५ औं मिनेटमा डिलेनीले गोल गर्दै डेनमार्कलाई सुरुवाति अग्रता दिलाए । ४२ औं मिनेटमा कार्निलियसले गोल गर्दै अग्रता दोब्बर पारे ।
५९ औं मिनेटमा योर्गन्सन तथ ८० औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्क ४–० ले विजयी भयो । पराजित भएपनि सात खेलबाट १६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ । समूह ‘इ’ अन्तर्गतकै खेलमा मन्टेनेग्रोले कागखस्तानलई ३–० तथा रोमानियाले अर्मेनियालाई १–० ले हराएका छन् ।

प्रतिकृया दिनुहोस