दलित कर्मचारी सम्मानित

Dalit karmchari samman

काठमाडौं । नेपाल दलित कर्मचारी समाजले ५ जना कर्मचारीलाई सम्मान गरेको छ ।

आफ्नो आठौं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समाजले विभिन्न सरकारी कार्यालयमा कार्यरत दलित कर्मचारीहरुलाई बाणिज्य मन्त्री मीन विश्वकर्माले दोसल्ला ओढाई सम्मान गरे ।

सो अवसरमा समाजले मोहन परियार, शेरबहादुर विश्वकर्मा, खगेन्द्र वर्देवा, पूर्ण विश्वकर्मा र दिनेश बर्देवालाई सम्मान गरिएको थियो । उनीहरु विभिन्न सरकारी कार्यालयमा कर्मचारी हुन् ।

सो अवसरमा बाणिज्य मन्त्री मीन विश्वकर्माले सरकारी तहमा दलितको प्रतिनिधित्व गराउन सरकारले पहल गरिरहेको बताए । उनले राज्यका हरेक निकायमा समावेशीकरण हुन जरुरी रहेकाले पनि राज्यमा संयन्त्रमा दलितको समावेशीकरण जरुरी भएको बताए ।

कार्यक्रममा आपूर्ती राज्यमन्त्री कर्ण विश्वकर्मा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मन्जित ताम्राकार, दलित नेत्रृ कमला हेमच्युरी लगायतले दलितले आफ्ना अधिकार मागेर मात्र होइन, खोसेर पनि लिन सक्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस