लमजुङमा अलैँची टिप्न शुरु

Alaichi

लमजुङ । जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् । ७ सय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलैँची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए ।

उचाइ अनुसार फरक÷फरक समयमा अलैँची पाक्ने हुँदा सो भन्दामाथि लगाइएको अलैँची असोज लागेपछि मात्रै टिप्न शुरु गरिने उनले बताए ।

अलैँची पाकेपछि किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त रहेका भूलभूलेका कमलबहादुर खत्रीले बताए । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा किसानलाई अहिले फुर्सद नभएको खत्री बताए ।

भूलभूलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गैँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अलैँचीखेती गरिएको छ ।

पछिल्लो समय कृषकले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना कार्यान्वयनको लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरीएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...