भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि

1gamee

काठमाडौं । भ्याली पब्लिक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बने ।

बृहस्पति विद्या सदनद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई १९–१७ को साँघुरो अन्तरले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुमिना तामाङले ८ अंक योगदान गरिन् । शुक्रबारै भएको सेमिफाइनलमा भ्याली पब्लिकले श्रीदिवालाई ३०–६ तथा चाँदबागले एलआरआईलाई १८–८ ले हराएका थिए ।

ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले एन्जल्स हार्टलाई २१–१३ ले पाखा लगायो । पुष्पसदनका दिल्सान महर्जनले ८ स्कोर गरे । ब्वाइजको सेमिफाइनल पनि शुक्रबारै भएको थियो । त्यसमा एन्जल्स हार्टले बाबालाई ३९–१८ तथा पुष्पसदनले स्वर्णिम स्कुललाई ३६–६ ले पराजित गरेका थिए ।

गल्र्समा चाँदबागकी दिब्या गुरुङ तथा ब्वाइजमा एन्जल्स हार्टका सागर परियार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । गल्र्समा चाँदबाग र ब्वाइजमा स्वर्णिमले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई बृहस्पतिका अध्यक्ष पुरुषोत्तमराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा सल्लाहकार मुरारीनिधि तिवारी, एकेडेमिक कोओर्डिनेटर ईश्वरी ज्ञवाली, ह्युम्यान रिसोर्स इन्चार्ज रचना कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ ११ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ब्वाइज र गल्र्स दुवैमा यु–१२ उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...