निर्वाचन क्षेत्र निर्धारण आयोगकोे प्रतिवेदनले काम गर्न सहजः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि निर्वाचन आयोगलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढाउन सहज भएको बताएका छन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यसचिव बेगेन्द्रराज शर्मा पौडेलसहितको सचिवालयको टोलीले बुझाएको क्षेत्र निर्धारणसम्बन्धी अभिलेख तथा कागजात ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले यस्तो बताएका हुन् ।
नेपालको संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गरी बुधबार नेपाल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।
नेपाल सरकारबाट सो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार नै निर्वाचन आयोगमा पठाइएको थियो । प्रतिवेदन प्राप्त भएपछि निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणसँग सम्बन्धित काम कारबाही शुरू गरिसकेको छ ।
आयोगको अभिलेख तथा अन्य कागजात आयोगका सदस्यसचिवले निर्वाचन आयोगमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ । साथै, क्षेत्र निर्धारण आयोगबाट प्राप्त भएका अभिलेख तथा कागजात प्रमुख आयुक्त यादवले आवश्यक कारबाहीका लागि आयोगका सचिव महेश्वर न्यौपानेलाई प्रदान गरेका थिए ।
सम्बन्धित समाचार
धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार
धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...
२९ दिनको सडक आन्दोलनपछि टुंगियो आन्दोलन, सरकारसँग भयो ९ बुँदामा सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच २९ दिनपछि ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५...
सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी
काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
सहकारी ठगी प्रकरणमा फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उन...
भुकम्प दिवसकै दिन सिन्धुपाल्चोकमा गयो ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० व...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस