पत्रकार महासंघका नयाँ कार्यसमितिलाई स्वागत, जिताउन महत्वपूर्ण योगदान दिनेलाई सम्मान

Union  smman

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बिहिबार नेपाल प्रेस युनियन,प्रेस सेन्टर र प्रगतीसिल पत्रकार संघले काठमाण्डौमा संयूक्त रुपमा बधाई ज्ञापन र विजयी गराउन महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा निर्वाचित भएका अध्यक्ष गोविन्द्र आर्चाय,उपाध्यक्ष विपुल पोखरेल, समावेसी उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, सचिवहरु रामप्रसाद दाहाल, लक्ष्मी पुन, प्रकाश थापा, सितल महतो, उदय जिएम, रेम विश्वकर्मा र कार्य समितिका सदस्यहरुमा निर्वाचित लक्ष्मण कार्की, गोपाल बराईली, जानुका बराल, नकुल अर्याल, राजेश चाम्लिङ्ग, मिन वम, माधव चौलागाई, मिराराज भण्डारी लगायत कार्य समितिका सदस्यहरुलाई नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल र प्रगतीशिल पत्रकार संघका अध्यक्ष नारायण शर्माले फुलमाला तथा खादा लगाई बधाई दिएका थिए ।

सोही समारोहमा नवनिर्वाचित पदाधिकारीहरु र तिनवटै संगठनका प्रमुखहरुले नेपाल पत्रकार महासंघको निर्वाचनमा लोकतान्त्रिक प्रगतीसिल बामपन्थी सठन बन्धनलाई विजयी गराउन महत्वपूर्ण योगदान दिनु हुने नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्षहरु बाला अधिकारी, विजय सन्तोषी राई, महासचिव अजयबाबु सिबाकोटी, उपमहासचिवहरु सलोजा दाहाल, भीष्म ओझा, सचिवहरु केविराना, दिपा आलेमगर, कोषाध्यक्ष सरोज अधिकारी, प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा जुगल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस युनियनका केन्द्रिय सदस्य लाल ऐर, दिलिपा अधिकारी लगायतलाई फुलमाला तथा खादा लगाई सम्मान गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुले प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल र प्रगतीशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मालाई माला लगाई दिई सम्मान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...