आन्दोलनका कारण भक्तपुर मालपोत कार्यालयको काम ठप्प

Vvva

काठमाण्डौं । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।

आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो । एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उनको आरोप थियो । मन्त्रालयको निर्णय भन्दै रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि अझै जग्गा कित्ताकाट नगरेर दुःख दिएको छ ।

एकैघरको पितापुर्खाको पैतृक सम्पत्तिको नामसारीमा समेत लाभकर लिने गरेको आरोप कार्यालयमाथि लागेको छ । सेवाग्राहीलाई छिटो र सहज सेवा दिन माग गर्दा उल्टै मोठमा जान नपाएर आन्दोलनमा उत्रिएको आरोप लगाएको गुनासो गरे ।

मालपोत कार्यालयले वार्तामा बोलाएर माग सम्बोधन नगरेसम्म मालपोतको काम ठप्प पार्ने बताए । लेखापढीको आन्दोलनका कारण जग्गा नामसारी, अंशबण्डालगायतका विभिन्न कामका लागि आएका सेवाग्राहीलाई कार्यालयभित्र जान नदिएपछि उनीहरु फर्किएका छन् ।

कार्यालयका प्रमुख कमल तिमिल्सिनाले बाहिरी एवं बिचौलिया व्यक्तिले मोठ, तामेली फाँटमा प्रवेश गरेर समस्या पारेपछि त्यसलाई रोक्न खोज्दा लेखापढी व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...