सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट तालिमको प्रथम प्रवचन

Plolice 1555

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सि.सं. १९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको भदौ १५ गते एक समारोहका बीच प्रथम प्रवचन गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले संगठनले अपेक्षा गरेअनुरुप कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा कर्तव्यनिष्ठाका साथ दायित्व वहन गर्दै नागरिको मन जित्न सफल रहेको बताए ।

सांगठानिक लक्ष्य प्राप्तीका लागि सक्षम र सवल मानवश्रोत अपरिहार्य रहने तथ्यलाई आत्मसात गर्दै संगठनले तालिमका गतिविधिहरुलाई प्राथमिकता दिएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो–‘हरेक सुरक्षा संगठनको मेरुदण्ड भनेकै तालिम प्राप्त दक्ष जनशक्ति नै हो ।

उनले प्रशिक्षार्थीहरुले आफ्नो सम्पूर्ण सामथ्र्य र क्षमतालाई उपयोग गर्दै तालिमका हरेक क्रियाकलापहरुमा अनुशासित, इमान्दार एवं सक्रिय सहभागिता जनाउँदै बढीभन्दा बढी व्यावसायीक ज्ञान आर्जन गर्नेतर्फ आफूलाई हरहमेशा अग्रसर गर्ने विश्वास व्यक्त गरे ।

अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बल नेपालले विपद व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, सीमा सुरक्षा, औद्योगिक सुरक्षा लगायत शान्ति सुरक्षा कार्यमा पु¥याएको योगदानले  गर्दा संगठनको छवी उच्च रहेको चर्चा गनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो प्रतिष्ठानबाट उत्पादित जनशक्तिबाट परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।

सो प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा ‘ज्ञान, सदाचार र नेतृत्व’ भन्ने मुलमन्त्र बोकेको यस प्रतिष्ठानले व्यावसायीक ज्ञान र दक्षतायुक्त जनशक्ति तयार गर्ने कार्यमा उपलब्ध साधनश्रोतको अधिकतम उपयोग गरी प्रशिक्षण कार्यलाई स्तरीय ढंगबाट संचालन गरिने उल्लेख गरे ।

एक वर्ष अवधिको सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सशस्त्र प्रहरी बल नेपालमा खुल्ला प्रतियोगिताद्वारा भर्ना भएका ५४ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने सि.सं. १२ सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा कूल ११ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।

यसैगरी १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा दुई जना सशस्त्र प्रहरी नायव उपरीक्षक र ३१ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३३ जना प्रशिक्षार्थीहरु सहभागि छन् । 
                 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...