बिनाधितो युवालाई ऋण उपलब्ध

Loan

बाजुरा । बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए।

बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा धितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको उनको भनाइ छ। ‘उनले आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई सहकारीमार्फत ऋण उपलब्ध गराउने बताए।

गाउँपालिकामा रहेका सहकारीमार्फत युवा स्वरोजगारका लागि ९० लाख बजेट विनियोजन गरिएको छ। विदेशमा गई काम गर्नुभन्दा गाउँमै ऋण लिएर व्यवसाय गर्न युवालाई परिचालन गर्न गाउँपालिका लागिपरेको रोकाया बताउछन्। स्थानीय उत्पादन, शिक्षा, स्वास्थ्य र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ छ।

‘सम्पूर्ण काम विद्युतीय मेसिनबाट गर्ने योजना बनाएका छौँ,’ रोकायाले भने। गौमूल गाउँपालिकाले आत्मनिर्भर जनता गौमूल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी, पर्यटन, प्रवद्र्धन र कृषिजन्य व्यापार’ नारा अघि सारेको छ।

शैक्षिक पाश्र्व चित्र निर्माण गर्ने, विद्यालय समायोजना गर्ने, १५ श्ययाको अस्पताल निर्माण, प्रत्येक महिला स्वास्थ्य स्वयम्सेविकालाई एसएमएस रिपोटिङका लागि मोबाइल र मासिक रिचार्ज खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ। खानेपानी गुरु योजना निर्माण गर्ने र ५ वर्षमा सबै घरमा खानेपानीको सहज पहुँच पु¥याउने निर्णय गरिएको अध्यक्ष रोकायाले बताए।

सो गाउँपालिकाले कृषि खेतीलाई आधुनिक र व्यावसायिक बनाइ प्रत्येक घरमा अनिवार्य करेसाबारी निर्माण, दैनिक हरियो साग प्रयोग गर्ने नीति अघि सार्नुका साथै एक हल गोरु, एक दुहुनो गाई वा भैँसी र बाख्रापालन व्यवसायलाई अनिवार्य गर्ने निर्णय गरेको छ। भेलाले एक गाउँ एक सहकारी र सामाजिक सुरक्षा भत्तालाई बैँकिङ सेवामार्फत वितरण गर्ने नीति अघि सारेको छ।

प्रतिकृया दिनुहोस