नेपाल ईन्जिनियरिङ कलेजमा विवाद जारी

Raptha snc

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेजको विवाद तत्काल आन्तरिक रुपमा समाधान गर्नुपर्ने बताए ।

नेपाल इन्जिनियरीङ कलेजका पूर्वअध्यक्ष हरी पाण्डेले सञ्चालक समितिका पदाधिकारीको सहमतिबीनै वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले कलेजलाई नीजिकरण गरेको आरोप लगाए । उनले तत्काल कम्पनी रजिष्टारको कार्यालयमा व्यक्तिकगत दर्ता गरिएको कलेज खारेजी गरिनुपर्ने बताए ।

कलेजका वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले यस अघि नै सञ्चालक समितिको बैठकले नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ताका लागी निर्णय गरिसकेको दाबी गरे । उनले हाल कलेजका सम्पूर्ण फाईल अनुसन्धानका लागी अख्तीयारले लगेकाले गलत भए आपूm सजायको भागी हुने बताए ।

अध्यक्ष न्यौपानेलाई घेराउ गरी उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड नर्गन भन्दै आक्रोश पोखेका थिए । कार्यक्रममा कानुन ब्यवसायी अनिल श्रेष्ठले नेक कलेजका सवालमा जसरी बाबु आमाले बच्चा जन्माएपछि आफ्नो सन्तान भनि हत्या गर्न पाउँदैनन् त्यसै गरि कलेज सामाजीक संस्था भएकाले कलेज निजिकरण गर्न नमिल्ने बताए ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...