एम्बुलेन्सलाई टिपरले ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

कलैया । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 

हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना ४ च १७७७ नं को एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ९२८० नं को टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका २ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा कोल्हवी नगरपालिका २ का ६७ वर्षीय वासुदेव मैनाली, ३० वर्षीया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौँडा ५ का उद्धव घिमिरे घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

दुर्घटनामा संलग्न टिपरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रितेन्द्र सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...